सांसदको संख्या गन्ने काम सकियो, अब संक्रमित संख्या घटाउन ध्यान दिऔं : नेता थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सांसद गगन थापाले कोरोना संक्रमित र मृतकको संख्या घटाउनका लागि ध्यान दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीमा केपी ओलीको पुनः नियुक्तिसँगै तत्काललाई सांसदको संख्या गन्ने काम रोकिएको टिप्पणी गर्दै सासंद थापाले अब कोरोना संक्रमण नियन्त्रणमा ध्यान दिन आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीमा केपी ओलीको पुनःनियुक्तिसँगै अब केही समयलाई सांसदको संख्या गन्ने काम रोकिएला नै’, सामाजिक सञ्जाल ट्वीटरमार्फत गगनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू अब त संक्रमित र जीवन गुमाउनेको संख्या घटाउन ध्यान दिऔँ ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।