कांग्रेस बैठकमा देउवाले भने- महन्थले माेननन्, सरकार बनाउन बहुमत पुगेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नयाँ सरकारको नेतृत्व गर्न प्रयासरत नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार गठनका लागि बहुमत नपुग्ने निष्कर्ष सुनाएका छन् ।

देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले समर्थन नगर्ने भनेको र माधव नेपालपक्षले पनि राजीनामा नदिएको भन्दै नयाँ सरकार बनाउन बहुमत नपुगेको स्पष्ट पारेका हुन् ।

‘महन्थजीले समर्थन दिन सक्दिनँ भनेको सभापतिज्यूले जानकारी गराउनु भयो । बहुमत पुर्‍याउन गार्‍हो पर्ने देखिएको छ । अब ओलीजीले नै सपथ लिने भन्ने सुन्दैछु,’ बैठकमा सहभागी कांग्रेस नेता कृष्ण सिटौलाले भने ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।