नीजि अस्पताललाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले सय बेड भएका सम्पूर्ण निजि अस्पतालहरूलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएकाे हाे ।

मन्त्रालयका सह-प्रवक्ता डा.समिर कुमार अधिकारीद्वारा जारी सूचनामा अक्सिजनको आपूर्ति सहज बनाउन कम्तिमा सय बेड भएका सम्पूर्ण निजि १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गरी यस मन्त्रालयमा जानकारी गराउनुहुन अनुरोध गरिएको छ ।

संक्रिमितहरूलाई आवश्यक अक्सिजनको माग दिनानुदिन बढीरहेको र आपूर्ति प्रक्रिया दिनानुदिन थप जटिल बन्दै गएको सूचनामा उल्लेख छ ।

अस्पतालले अक्सिजन जडान गर्दा लाग्ने सम्पूर्ण भन्सार शुल्क छुट हुने पनि जनाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।