काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता सुरु भएको छ ।
वार्ताका लागि ओलीले प्रधानमन्त्री निवासमै नेपाललाई बोलाए पनि नेपाल बालुवाटार जान नमानेपछि नेताद्वयबीच वार्ताको लागि छुट्टै स्थान तय गरिएको हो ।
उनिहरुबीच व्यवसायी रामेश्वर थापाको घर बूढानीलकण्ठमा भेटवार्ता भइरहेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन । एमाले एकताका विषयमा छलफल गर्न दुवै नेताबीच भेटवार्ता शुरू भएको जनाइएको छ।
माधव नेपाल पक्षले आफ्ना माग पूरा नभए आजै ४ बजे राजीनामा दिने तयारी गरेको छ ।
Comment