काठमाडौं । कोभिड-१९ संक्रमित भएर उपचार गराइरहेका पूर्वराजा ज्ञानेन्द्र शाह पूर्ण स्वस्थ भएसँगै अस्पतालले बुधबार राती डिस्चार्ज गरेको छ । पूर्वराजा ज्ञानेन्द्र, रानी कोमल र छोरी प्रेरणालाई संक्रमण भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।
अस्पतालमा पूर्वराजाको परिवारलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो ।
लगातारको उपचारपछि तीनै जनाको स्वास्थ्यमा सुधार आएको थियो । कोरोना भाइरसका लक्षणहरू हराएपछि पूर्वराजाको तीन दिन अघिको स्वाब परिक्षण रिपोर्ट रिपोर्ट नेगेटिभ आएको थियो ।
अस्पतालमा उपचाररत पूर्वमहारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख रहेको अस्पताल प्रशासनले उल्लेख गरेको छ ।
स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइदैं आएको अक्सिजनको मात्रा लगातार घटाउँदै उपचार जारी राखिएको बताइएको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई आइसीयूबाट वार्डमा सारिएको छ । पूर्व रानीको उपचारमा प्लाज्मा थेरापी विधि समेत अपनाइएको थियो ।
पूर्वअधिराजकुमारी प्रेरणा शाह स्वस्थ भैसकेपछि पनि उनी आमासँग अस्पतालमै रहने भएकी छिन् ।
पूर्वराजपरिवारको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा.जेपी जैसवाल र चेस्ट फिजिसियन डा.बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो ।
Comment