मौसम पूर्वानुमान : अपराह्नपछि यी स्थानमा हुन सक्छ भारी वर्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशभरको मौसम बिहीबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भएको हो ।

अहिले देशका अधिकांश भू-भागमा सामान्य बदलीको रही गण्डकी प्रदेश तथा बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले बताएका छन्  ।

बिहीबार दिउँसो देशभर सामान्य बदली रहने छ । केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

वैशाख ३० गते (बिहीबार)

दिउँसो:  देशभर सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुइ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति : प्रदेश १ सहित देशका पहाडी भू-भागहरुमा सामान्य बदली र बाँकि भू-भागहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

वैशाख ३१ गते (शुक्रबार)

दिउँसो:  देशका प्रदेश नं १ र अन्य पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदली रहने छ र बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति : देशका प्रदेश १ सहित पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहेने छ ।  प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ १ गते (शनिबार)

दिउँसो:  देशका प्रदेश १ सहित पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ ।  प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशका प्रदेश १ सहित पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ।  प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।