थप ९३०५ जनामा कोरोना पुष्टी, १६८ जना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित थप भएसँगै एक लाख ६३४ जना सक्रिय संक्रमित रहेका छन्। ५१७ जना व्यक्ति क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा १६८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार २२५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना निको भएका छन् । निको हुने दर ७४.९ प्रतिशत छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।