राष्ट्रपतिद्वारा नर्सको उच्च प्रशंसा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको लडाइँमा अग्रभागमा खटिएका नर्सको प्रशंसा गरेकी छिन् ।

भण्डारीले ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस र २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिनुका साथै नर्सको उच्च प्रशंसा व्यक्त गरेकी हुन् ।

‘विश्वव्यापी महामारी कोभिड-१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, उनले ट्वीटमा भनेकी छिन् ।

आज नेपालसहित विश्वभरि नै ‘नर्सः नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।