काठमाडौं । बुढानिलकण्ठमा एक युवतीलाई चक्कु देखाएर लुटपाट गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
प्रहरीकाअनुसार पक्राउ पर्नेमा कञ्चनपुर घर भइ काठमाडौँ भंगाल बस्ने ३६ वर्षीय सन्तोष बिष्ट छन् ।
उनले बुढानिलकण्ठको बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट संचालन गरी बस्ने एक २० वर्षीया युवतीलाई चक्कु देखाएर नगद १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट गरेको प्रहरीको भनाइ छ ।
Comment