टेकु अस्पतालमा पीसीआर परीक्षण बन्द,प्रधानमन्त्री भन्छन्-कोरोना अण्डर कन्ट्रोल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना परीक्षण अनिश्चितकालका लागि बन्द गरेको छ ।  अस्पतालले एक सूचना जारी गर्दै अर्को व्यवस्था नहुँदासम्मका लागि परीक्षण कार्य बन्द गरिएको जनाएको छ ।

टेकु अस्पतालले नै हालसम्म कोरोना संक्रमणको रोकथाम तथा उपचारमा नेतृत्व गरिरहेको छ । टेकु अस्पतालमै पीसीआर परिक्षण रोकिएपछि अन्यौलको वातावरण बनेको छ ।

प्रधानमन्त्री केपी ओलीले कोरोना संक्रमण अण्डर कन्ट्रोल भनेर अन्तराष्ट्रिय मिडियालाई ब्रिफिङ गरेको केहि दिनभित्रै केन्द्रिय प्रयोगशाखामा पीसीआर परिक्षण रोकिएको हो । श्रोतका अनुसार किट सकिएपछि परिक्षण रोकिएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।