कोरोना संक्रमणका कारण एमाले नेता पशुपति चौंलागाईंको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण बागमती प्रदेशका सांसद एवं एमाले नेता पशुपति चौंलागाईको निधन भएको छ ।

कोरोना संक्रमणपछि मनमोहन मेमोरियल अस्पतालमा उपचाररत ६१ वर्षीय चौंलागाईंको मंगबारराती निधन भएको हो । चौलागाईं यही वैशाख २२ गते स्वयम्भुस्थित मनमोहन अस्पतालमा भर्ना भएका थिए ।

चौलागाईंको अवस्था जटिल भएपछि उनलाई हिजो सोमबार आईसीयूमा सारेर उपचार गरिएको थियो। उनी गत प्रदेशसभा निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।