थप ९४८३ जनामा कोरोना पुष्टी, ५२२५ जना संक्रमण मुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ५९६ पीसीआर र ७२० एन्टिजेन परीक्षणमा गरि ९ हजार ४८३ जनामा कोेरोना पुष्टि भएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ५२२५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख १२ हजार १९ जना पुगेको छ । २२५ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ४०४८ पुगेको छ। संक्रिय संक्रमितको संख्या ९७ हजार ८ रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।