काठमाडौं । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना चालक पक्राउ परेका छन्।
मंगलबार कालिमाटी चोकबाट एक जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कालिमाटी चोक मा ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दार उमेश रामले कारबाही गर्न खोज्दा ना.६ ख ८०४ नम्बरको सवारीसाधनका चालक रोप रावलले १००० रूपैयाँ दिएर प्रलोभनमा पार्न खोजेका थिए। सवारी चेकजाच गर्दा साथमा कागज पत्र नभएको कारण उनलाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत कारबाही गर्न खोजिएको थियो। तर, आर्थिक प्रलोभन देखाएर उम्कन खोज्ने रावल आफैं पक्राउ परेका हुन्।
Comment