काठमाडौं उपत्यकामा निषेधाज्ञा दुई साता थपियो,अझै कडा पारिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ ।

आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

यसअघि उपत्यकामा वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञाको समय भोलि राति १२ बजेसम्म थियो ।निषेधाज्ञाको समयवधि थपिएको यो दोस्रो पटक हो । यसअघि १६ गतेदेखि जारी निषेधाज्ञाको समायवधि २१ गते एक साता थप्दै वैशाख २९ सम्म लम्ब्याइएको थियो ।

अबको निषेधाज्ञा अहिलेकोभन्दा थप कडा हुने जनाइएको छ । बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ ।

यस्तै, खाद्यान्न तथा तरकारीका पसल बिहान १० बजेसम्म खोल्न दिने तर फुटपाथमा तरकारीलगायतका कुनै पनि व्यापार गर्न नदिने व्यवस्था गरिएको छ ।

यस्तै, पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पूर्ण रुपमा रोक लगाउने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाउने व्यवस्था गरेको छ । यसअघि विहे, ब्रतबन्धजस्ता कार्यक्रममा १५ जनासम्म सहभागी हुन पाइने व्यवस्था थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।