नक्कली अक्सिमिटरको कालोबाजरीमा संलग्न गिरोह महाशाखाको फन्दामा(सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नक्कली अक्सिमिटरको कालोबाजरीमा संलग्न  एक गिरोहलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। महाशाखाले नक्कली अक्सिमिटरको कालोबाजरी गर्ने ७ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा पर्नेहरुमा सिन्धुलीका २९ वर्षीय शिखर श्रेष्ठ, बाजुराका २१ वर्षीय थुमराज उपाध्याय, स्याङ्जाका २७ वर्षीय शेषकान्त अधिकारी, सुनसरीका ३९ वर्षीय पुष्कर घिमिरे, मोरङका ४४ वर्षीय विशाल आचार्य, सिन्धुपाल्चोकका २१ वर्षीय सन्तोष भण्डारी र भारका ५५ वर्षीय जगदिश प्रसाद रानासरिया रहेका छन् ।

 

विशेष सूचनाको आधारामा छापा मार्दा उनिहरुको साथबाट ७६५ थान नक्कली अक्सिमिटर बरामद भएको महाशाखाले जनाएको छ ।

आहा इन्डस्ट्रियल कम्पनीमा काम गर्ने मोरङ विराटनगर–२ तिनपैनी घर भएका विशाल आचार्यले डि एण्ड डी इन्टरप्राइजेज न्यूरोडमा चिनबाट मास्कको तुना ल्याउँदा सोही तुनाको बक्साभित्र लुकाईछिपाई उक्त अक्सिमिटरहरु काठमाडौं ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उक्त अक्सिमिटरको बजारमूल्य ६र७ सय पर्ने भएपनि उनीहरुले एक थान अक्सिमिटरलाई २२२० रुपैयाँसम्म बिक्री गरेको महाशाखाले जनाएको छ ।

कुलेश्वरस्थित बायोप्लस फार्मेसीबाट ८५ थान, थापाथलीस्थित नानोटेक फार्मेसीबाट २४ थान, चिरायु केडी ग्रुपबाट ९ थान, भारतीय नागरिक रानासारीयाको साथबाट ३९६ थान, सिन्धुपाल्चोकका भण्डारीको साथबाट ९१ थान बरामद भएको महाशाखाले जनाएको छ ।

यस्तै चिरायु केडीले खरिद गरेको अक्सिमिटरमध्ये १६० थान नक्कली अक्सिमिटरहरु एनके लोजिष्टक, काठमाडौंबाट एनके लोजिष्टकै शाखा रहेको रुपन्देही पठाइएको भन्न बुझिन आएकोमा स्थानीय प्रहरीसँग समन्वय गरेर १६० थान अक्सिमिटर रुपन्देहीबाट बरामद भएको महाशाखाले जनाएको छ ।

उनीहरुलाई कालोबजारी र संक्रामक रोग ऐन–२०२० कसुरमा सजाय हुने ब्यवस्था रहेको महाशाखाले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।