काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । सोमबार शेयर बजार मापक सूचक नेप्से २६.४५ अंकले बढेर २६४५.८५ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८८ रुपैयाँ बराबरको ७५ लाख ७९ हजार ३ कित्ता शेयर किनबेच भएका छन् ।
आइतबार कम्पनीको ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७७२ रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ ।
Comment