काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।
कोरोना भाइरस संक्रमणको दर दिनहुँ बढिरहेकाले यसको रोकथामका सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी) काठमाडौंको बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएकोमा २२ गतेदेखि २९ गतेसम्म थपिएको थियो । सोमबारको बैठकले २९ देखि १ साताका लागि निषेधाज्ञा थप गरेको हो ।
Comment