रुरु जलविद्युतको नाफा १२.८१ प्रतिशत बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जलविद्युत परियोजना लिमिटेडको नाफा १२.८१ प्रतिशतले बढेको छ ।

सोमबार सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमास अनुसार ६ करोड १३ लाख रुपैयाँ नाफा कमाएको हो ।

कम्पनीको समीक्षा अवधिको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १२.८१ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले यही अवधिमा ५ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि २.७३ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी ११ करोड ७० लाख रुपैयाँ रहेकोमा यो वर्ष बढेर १२ करोड २ लाख रुपैयाँ भएको छ।

समीक्षा अवधिमा कम्पनीले रिजर्भको आकार १५०.६१ प्रतिशतले बढाएर १२ करोड २७ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा ४ करोड ८९ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ३६ करोड ६९ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १६.६१ रुपैयाँ प्रतिसेयर नेटवर्थ १३३.४६ रुपैयाँ रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।