काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । आइतबार प्रदेश प्रमुख सीता कुमारी पौडेलसमक्ष मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्री गुरुङले दिएको राजीनामा पत्र बुझाएसँगै प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।
प्रदेश सभाको विशेष अधिवेसनमा सोमबार मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसुची रहेको छ ।
Comment