काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी)ले अक्सिजन सिलिण्डरको सहजताका लागि टाक्स फोर्स गठन गरेको छ ।
उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीले उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा ६ सदस्यीय टास्क फोर्स गठन गरेको हो ।
टास्क फोर्समा गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सह-सचिव, नेपाल आर्मी, नेपाल प्रहरी र शसस्त्र प्रहरी अस्पतालका प्रतिनिधि गरी छ जना सदस्य रहेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।
फोर्सले आइतबारदेखि नै काम सुरु गरेको उपप्रधानमन्त्री पोखरेललको सचिवालयले जानकारी दिएको छ ।
Comment