काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिने पूर्वसन्ध्यामा सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ ।
सोमबार बस्ने प्रतिनिधिसभा बैठक तयारीका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक राखेको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
२६ जना सांसद कोरोना संक्रमित भएकोले प्रतिनिधिसभा बैठकमा कसरी सहभागी गराउने भन्नेबारे पनि बैठकमा छलफल हुनेछ ।
Comment