वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पतालका रुपमा प्रयोगमा ल्याउने निर्णय गरेको हो।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार त्यस कोभिड अस्पतालले देशभरिका कोरोना अस्पतालको नेतृत्व गर्नेछ।

कोरोनाका विरामीले अस्पतालमा शैय्या नपाएर अकालमै ज्यान गुमाउनु परिरहेका बेला उक्त भवनका ५०० शैय्याले धेरैको ज्यान बचाउन सक्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।