नेपालमा थप ८४१८ जनामा कोरोना पुष्टी, ३३७० जना संक्रमण मुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ पीसीआर परीक्षणमा ८ हजार २८७  र ९८९ एन्टिजेन परीक्षणमा १३१ जना गरी ८ हजार ४१८ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ८८ हजार ८९० जना पुगेको छ । पछिल्लो २४ घण्टामा ३३७०  जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ जना पुगेको छ । ५३  जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३६३२  पुगेको छ। संक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।