डिभी चिठ्ठाको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् नजिता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकाको इलेक्ट्रोनिस डाइभर्सिटी भिसा(इडीभी) चिठ्ठाको नतिजा शनिवार राती सार्वजनिक हुँदैछ ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार आज वैशाख २५ गते नेपाली समयअनुसार रातिको ९:४५ बजेबाट डिभी २०२२ को नतिजा सार्वजनिक हुने जानकारी दिएको हो ।

सो नतिजा हेर्नका लागि अनिवार्य रुपमा इडिभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य रुपमा रहेका छ ।

डिभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने दूतावासले जनाएको छ।

यसरी चेक गर्नुहोस्

नतिजा हेर्नका लागि डीभी भर्दा पाएको कन्फर्मेशन नम्बर आवश्यकता पर्दछ । डिभी परेर/नपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ ।

डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ। डिभीको नतिजालाई काठमाडौंका डिभी भर्ने एजेन्सीहरुले निकै ठूलो विषयको रुपमा उठाएर पैसा समेत असुल्ने गरेका छन्।

ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ।

नतिजा चेक गरेको पैसा लाग्दैन। डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिने हुनाले यसमा अन्य कुनै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदैन। डिभी भर्नेहरुले सोझै https://www.dvlottery.state.gov मा गएर आफ्नो नतिजा हेर्न सक्छन्।

यदि नम्बर बिर्सेको खण्डमा पनि Forgot Confirmation Number मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।