दोलखा भीमेश्वर शिलामा फेरि पसिना, देशमा अनिष्टको संकेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा  ।  ऐतिहासिक भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ। भीमेश्वर मन्दिरको शिलामा शनिबार मध्यान्हको १२:१५ बजे लगातार पसिना आएको हो ।

मध्याह्नको १२ बजेपछि गरिने छक्काल पूजा गर्न लाग्दै गर्दा शिलाको शिरको दाहिने भागबाट पसिना आएको र केहीबेरपछि शिलाको बीच भागबाट पसिना बताइएको छ ।

शिलाको बीचभागबाट पसिना आएकाले राज्य र नागरिक दुवैलाई उत्तिकै अनिष्टको संकेत हुन सक्ने अनुमान छ ।

यसअघि मंसिर १४ गते पनि भीमेश्वरको शिलामा पसिना आएको थियो ।

देवता भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक आस्था छ।
शिलाको दाहिने पट्टिको शिरमा पसिना आउदा प्रजा अर्थात जनतालाई अनिष्ट हुने किंवदन्ती छ। महामारीको समयमा मन्दिरको शिलामा पसिना आएपछि मन्दिरआसपासका स्थानीयहरू जम्मा भएर पूजा आराधना गरिरहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।