बागमती प्रदेशमा अनलाइनबाटै सवारीसाधनको राजस्व बुझाउन सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागमती प्रदेश सरकारले ‘विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८’ स्वीकृत गरेको छ ।

अपग्रेटेड भेहिकल रजिष्ट्रेशन सिष्टम (भीआरएस) सहितको ट्रान्सपोर्ट म्यानेजमेन्ट इनफरमेसन सिष्टम विकास कार्यान्वयन गर्न स्वीकृति गरिएको छ ।

‘यो नेपालमा पहिलो पटक अनलाइनबाट नै यातायातसम्बन्धी सबै रकम बुझाउने व्यवस्था हो । यसबाट राजश्व संकलन गर्न सहज हुनेछ,’ भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । 

यो सेवा जारी भएपछि सवारी साधन नवीकरण तथा राजस्व तिर्नका लागि लाइन उभिनुपर्ने बाध्यता हट्नेछ । सवारीसाधनको राजस्वसँगै तेस्रो पक्ष बिमा रकमसमेत अनलाइनमार्फत भुक्तानी गर्न सकिने छ ।

आवश्यक कर्मचारीको नियुक्ति र सफ्टवेयर इन्स्टल गरेपछि केही हप्ताभित्र सेवाग्राहीले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको कर र राजस्व बुझाउन सक्नेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।