काठमाडौं । गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा बादलले जेठ ६ गते राष्ट्रियसभा उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् ।
सरकारका गृहमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य बादल मनोनयन दर्ताका लागि शुक्रबार बिहान बागमती प्रदेशको राजधानी हेटौंडा पुगेका थिए ।
बादलको प्रस्तावक बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल छन् भने समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छन् ।
बागमती प्रदेशबाट ०७४ फागुनमा भएको राष्ट्रियसभा निर्वाचनमा बादल तत्कालीन माओवादी केन्द्रको उम्मेदवार बनेर एमालेको समर्थनमा विजयी बनेका थिए ।
२३ फागुनमा सर्वोच्चको फैसलाले एमाले ब्युँतिएपछि बादल एमालेमै बसेका थिए ।
Comment