रेम्डिसिभिर औषधि कालोबजारी गर्ने महाशाखाको फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँले कोरोना भाइरस (कोभिड १९) संक्रमितलाई दिइने औषधी कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखा जिल्ला आरुघाट गाउँपालिका-४ घर भइ हाल काठमाडौँको टोखा बस्ने २५ वर्षीय रफिक मियाँ रहेका छन्।

मियाँलाई २४ हजार रुपैयाँ पर्ने रेम्डेसिभिर औषधी १ लाख २० हजार रुपैयाँमा बिक्री गरेको आरोपमा प्रहरीले बसुन्धराबाट पक्राउ गरेको हो । महाशाखाका अनुसार उनी खुला रूपमा औषधी बिक्री गरिरहेका थिए।

पक्राउ परेका मियाँले टिचिङ अस्पतालको सेवक फर्माबाट औषधी लगेर खुला रूपमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ।

यस्तै, सेवक फर्माका सञ्चालक दीपक ढकाल फरार रहेको महाशाखा जनाएको छ। ढकालको खोजी भइरहेको महाशाखाले बताएको छ।

रेम्डेसिभिर कोरोनाको उपचार गर्ने सीमित अस्पताललाई मात्र दिइने गरिएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयको अनुमति चाहिन्छ।

पक्राउ परेकालाई कालोबजारी ऐन, संक्रामक रोग ऐन अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ।

जहाँ पायो त्यहीँ नपाइने उक्त औषधी के कसरी उक्त फर्मामा पुर्‍याइयो र त्यसमा क-कसको संलग्नता छ भन्नेबारे अनुसन्धान भइरहेको महाशाखाले बताएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।