काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक सम्पन्न भएको छ ।
२७ गते बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिन दलहरूसँग भएका छलफल र जेठमा हुने उपनिर्वाचनका विषयमा बैठकमा छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आधा घण्टाअघि बसेको बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् ।
Comment