निजी कम्पनीलाई नै कोरोनाविरुद्धको खोप आयातको लागि अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले निजी कम्पनीहरूलाई नै कोरोनाविरुद्धको खोप आयातको लागि अनुमति दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले  कोभिसिल्ड र कोभ्याक्सिन ल्याउनका लागि दुईवटा निजी कम्पनीलाई आयात अनुमति दिएको हो।

विभागले सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप ल्याउन हुकम डिस्ट्रिब्‍युटर्स प्रालि र भारत बायोन्टेकबाट उत्पादन कोभ्याक्सिन खोप ल्याउनका लागि निजी कम्पनी इमराल्ड फर्मालाई आयात अनुमति दिएको विभागका प्रवक्ता सन्तोष केसीले बताए।

कोभिसिल्ड खोप नेपालमा करिब २१ लाख बढीले लगाइसकेका छन्। यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप खरिदका लागि सरकार(सरकार ९जिटुजी०बीच मात्रै गर्ने बताएका थिए । तर, संक्रमण बढदै जाँदा निजी कम्पनीहरूलाई खोप खरिदका लागि सामेल गराइएको छ।

यसअघि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सफोर्ड एस्ट्राजेनिकाले विकास गरेर सेरम इन्स्टिच्युट भारतले उत्पादन गरेको २० लाख डोज खोप खरिदका लागि गत फागुन ५ गते सम्झौता गरेको थियो।

सम्झौताको एक हप्ताभित्र खोप आउने र सुरुमा १० लाख डोज खोप पठाएको थियो। १० लाख डोज पठाएको एक हप्तामा पुनः यति नै खोप पठाउने भने पनि  कम्पनीले पठाएकै छैन।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।