५६ जिल्लामा निषेधाज्ञा, कहाँ आंशिक कहाँ पूर्ण ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो समयमा संक्रमित र मृतक संख्या बढेपछि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

गृृह मन्त्रालयका अनुसार, हाल देशका आधाभन्दा बढी जिल्लाले निषेधाज्ञा
जारी गरेका छन् । अहिलेसम्म ७७ मध्ये ५६ जिल्लामा निषेधाज्ञा जारी गरिएको
गृह मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म देशभर पूर्ण र आंशिक गरी ५६ वटा जिल्लामा स्थानीय
प्रशासनमार्फत निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ। तीमध्ये ४१
जिल्लामा पूर्ण र बाँकी १५ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको
मन्त्रालयले जनाएको छ ।

आज (बिहीबार)देखि बारा र सिरहामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ भने
बाग्लुङ र सिन्धुपाल्चोकमा सङ्क्रमणको जोखिम भएका ठाउँहरुमा निषेधाज्ञा
लगाइएको छ।

सिन्धुपाल्चोकमा ठूला राजमार्गको दायाँ बायाँ पाँच-पाँच सय मिटरसम्म
निषेधाज्ञा लगाइएको छ। त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर
४, ५ र ९, मेलम्ची नगरपालिका वडा नम्बर ११, बलेफी गाउँपालिकाको केही ठाउँमा
बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ।

बारा र सिरहामा भने बिहान ६ बजेदेखि सुरु भएको निषेधाज्ञा आदेश अर्को
सूचना जारी नभएसम्म रहनेछ। त्यस्तै, बाग्लुङको ढोरपाटन र गलकोट नगरपालिका
तथा बडिगाड र निसीखोला गाउँपालिकामा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ

सरकारले पहाडी क्षेत्रमा २०० सक्रिय संक्रमित तथा शहरी क्षेत्रमा ५००
सक्रिय संक्रमित पुगेमा निषाधाज्ञा गर्न सक्ने अधिकार जिल्ला प्रशासन
कार्यालयलाई दिएपछि निषेधाज्ञा लागु गर्ने जिल्लाको संख्या ५६ पुगेको गृह
मन्त्रालयले जनाएको छ ।

सरकारले निषेधाज्ञाको अवधिमा खाद्य सामग्री, औषधि पसल, अत्यावश्यक सवारी
साधनबाहेक अरु सेवा र व्यवसाय बन्द गर्ने निर्णय गरेको छ भने सरकारी
कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय
सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

यस्ता कार्यालयमा काम गर्ने कर्मचारीले परिचयपत्र देखाएर ओहोरदोहोर गर्न
पाउनेछन् । यस्तै अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा
कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने
गाडी पनि चल्न पाउनेछन् ।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस,
स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना,
समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिनेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।