यसरी गर्नुहोस् बालबालिकालाई कोरोनाबाट टाढा राख्ने प्रयास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वमा कोरोना भाइरसबाट दिन प्रतिदिन मानिसहरु संक्रमित भइरहेको छन् । धेरै मानिसहरुले ज्यान गुमाइरहेका छन् । नेपालमा पनि कोरोनाको संक्रमित बढिरहेको छ । यो समयमा आफ्ना बालबालिकाहरुलाई कोरोनाबाट टाढा राख्ने प्रयास गर्नुपर्छ । यदि तपाईको बालबालिकामा कोरोनाको लक्षण देखिएमा यसो गर्नुहोस् ।

–कोभिड–१९ को लक्षण देखिएमा स्वास्थ्य सेवा लिनु पर्दछ तर रुघा–खोकी र ज्वरोजस्ता सामान्य लक्षण र कोभिड–१९को लक्षण उस्तै देखिन सक्छन र हालको मौसममा धेरैलाई सामान्य रुघाखोकी मात्रै लागेको हुन सक्छ ।

–नियमित रुपमा हात धुन तथा श्वासप्रश्वासको सरसफाईका आनिबानीमा विशेष ध्यान दिंदै बालबालिकालाई खोप पनि अध्यावधिक गर्नुपर्दछ । ताकि उनीहरूलाई अन्य भाइरस तथा ब्याक्टेरियाबाट हुने संक्रमणबाट जोगाउन सकियोस ।

–आफ्ना बालबालिकामा फ्लु जस्ता श्वासप्रश्वास सम्बन्धी अन्य संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।

–अरूलाई संक्रमणबाट जोगाउन भिडभाड हुनसक्ने कार्यालय, विद्यालय, सार्वजनिक यातायात जस्ता सार्वजनिक स्थानबाट टाढै रहने

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।