कोरोनाको दोस्रो लहर : रोजगारीको खोजीमा भारत गएका ५० हजार नेपाली अलपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै सबैभन्दा बढी प्रभावित छिमेकी मुलुक भारतमा आधा लाखभन्दा बढी नेपालीहरु अलपत्र बनेका छन् । रोजगारीको खोजीमा तथा विभिन्न कामका लागि भारत पुगेका करिब ६० हजार नेपाली अहिले अलपत्र बनेका हुन् ।

भारतमा रहेको नेपाली दूतावासका अनुसार अहिले उद्धारकाे पर्खाईमा कोरोना संक्रमणको दोस्रो लहरबाट प्रभावित करिब ६० हजार नेपाली भारतमा रहेका छन् । उनीहरु चरम संकटमा रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार दिल्ली र मुम्बईमा मात्रै ३० हजारभन्दा धेरै नेपाली अलपत्र अवस्थामा रहेका छन् । संक्रमणको दोस्रो लहरका कारण लकडाउन हुँदा नेपालीहरुको जनजीवन झनै सकसपूर्ण बन्न थालेको दूतावासले जनाएको छ ।

ती सहरसँगै गुजरात, महाराष्ट्र, पन्जाब, चेन्नई, राजस्थान लगायत विभिन्न स्थानबाट ६० हजारभन्दा धेरै नेपालीले अलपत्र परेको र आफूहरुलाई नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गरेको दूतावासले जनाएको छ ।

दूतावासले ती नेपालीलाई स्वदेश फर्काउन पहल सुरु गरेको छ । जसका लागि दूतावासले अलपत्र परेका नेपालीहरुको अवस्थाबारे नेपाल र भारत सरकारसँग छलफल गरिरहेको जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।