विश्वभर कोरोना महामारी लाग्दा चीनको साङ्घाइमा पर्यटकको लर्को

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीन । विश्वभर कोरोनाका कारण पर्यटन व्यवसाय सङ्कटमा परिरहेको समय चीनको शाङ्घाई सहर र वरपरका क्षेत्रमा ‘श्रमिक दिवस’को पहिलो तीन दिनमा लाखौँ पर्यटकहरू भित्रिएको जानकारी गराइएकोे छ ।

शाङहाईको पर्यटन तथ्याङ्क अनुसार शाङहाईका १७० वटा प्रमुख दर्शनीय स्थलमा कुल १६ लाख ६० हजार पर्यटक पुगेका छन् । यो सन् २०२० को सोही अवधिको तुलनामा १६६ प्रतिशतले वृद्धि भएको छ र सन् २०१९ को सोही अवधिको तुलनामा छ प्रतिशतले वृद्धि भएको छ ।

‘श्रमिक दिवस’को अवधिमा, च्याङतिङ, सोनच्याङ, छिङफु, फोनस्येन र नानहुईलगायत पाँच नयाँ क्षेत्रहरुले पर्यटकलाई आकर्षण गर्न विभिन्न किसिमको सांस्कृतिक गतिविधिहरू सुरू गरेका अधिकारीहरूले बताएका छन् । रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।