काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार निर्धारण गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै चिया बगान बाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो ।
श्रम ऐन २०७४ को दफा १०६ ले दिएको अधिकार प्रयोग गरी श्रमिकको पारिश्रमिक बढाएको राजपत्रमा उल्लेख गरिएको छ ।
नयाँ पारिश्रमिक दरअनुसार साउन १ देखि श्रमिकले मासिक न्यूनतम १५ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । जसमध्ये ९ हजार ३ सय ८५ रुपैयाँ आधारभूत पारिश्रमिक हो भने ५ हजार ५ सय १५ रुपैयाँ महंगी भत्ता हो ।
यस आधारमा श्रमिकले घन्टाको ७७ रूपैयाँ तथा दैनिक ५ सय ७७ रूपैयाँ पाउनेछन् । दैनिक ज्यालादारीको हकमा ३ सय ६१ रुपैयाँ आधारभूत श्रमिक तथा २ सय १६ रुपैयाँ महंगी भत्ता हो ।
Comment