नेशनल आईसीटी एक्सिलेन्स अवार्ड सुधिर पराजुलीलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल सरकारले ´चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७८` को अवसर पारेर यस वर्षको नेशनल आइसिटी एक्सिलेन्सी अवार्ड २०२१ बाट सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीलाई प्रदान गरेको छ ।

सरकारले आइतबार आइसिटी अवार्ड–२०२१ का विजेताहरुको घोषणा गर्दै पराजुलीलाई रूपैयाँ एक लाख सहित ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड–२०२१’ बाट सम्मानित गरेको हो ।

इन्टरनेट सेवाका विस्तार तथा आइसिटी क्षेत्रको प्रवद्र्धनमा अग्रणी भूमिका खेलेको भन्दै पराजुलीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

पराजुली सुविसु केवल नेटका सञ्चालक हुन । इन्टरनेटसँगै केवल टेलिभिजन प्रदान कम्पनी सुविसु पहिलो सेवा प्रदायक पनि हो । नेपालका सूचना तथा सञ्चार प्रविधि सम्बन्धि नीति निर्माण गर्न पराजुलीको महत्वपूर्ण योगदान रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।