काठमाडौं । सरकारले आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान बन्द गर्न निर्णय गरेको हो ।
दुवै उडान वैशाख मसान्तसम्म बन्द हुने बताइएको छ । बैठकले आन्तरिक उडान बैशाख २० गते मध्यरातदेखि र अन्तर्राष्ट्रिय उडान बैशाख २२ गते मध्यरातदेखि बन्द गर्ने निर्णय गरेको हो । राष्ट्रिय अन्तर्राष्ट्रय चार्टर्ड उडानलाई अनुमति दिइने ।
Comment