गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं । गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ। सपुतले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण देखिएको जानकारी गराएका हुन्।

आफू कोरोना पोजिटिभ भएको भन्दै उनले आफ्नो प्रत्यक्ष सम्पर्कमा आउने सबैलाई पीसीआर टेस्ट गर्न पनि आग्रह गरेका छन्।

‘अन्ततः काठमाण्डौं मेडिकल कलेजका अनुसार मेरो पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ। सर्वप्रथम त योबीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैजनाले पीसीआर टेस्ट गर्नु होला,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ किजस्तो एन्जाइटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ।’

कोरोना पोजिटिभ भए पनि उनी होम आइसोलेसनमा बसेका छन्। अस्पताल भर्ना हुनुपर्ने अवस्था नभएको सपुतको भनाई छ। ‘म होम आइसोलेसनमा छु । अवस्था सामान्य छ,’ उनले अगाडि लेखेका छन्, ‘कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौँ तर यसलाई सामान्य भने नठानौँ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ। सतर्कता अपनाउ। सुरक्षित बसौँ ! आसा राखौँ यो माहामारी छिट्टै टरेर जानेछ । हामी जीवनको पुरानै लयमा फर्किने छौँ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।