झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि, नर्भिक अस्पतालमा भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमााडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पोजेटिभ आएपछि थप उपचारको उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका उनलाई नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले बतायो । उनको अवस्था सामान्य रहेको स्रोतले जनाएको छ ।

यसअघि खानेपानी मन्त्री मणीचन्द्र थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, एमाले नेता विष्णु रिजाल लगायतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।