‘श्रमिक क्षेत्रको विभेद अन्त्य गरेका छौं, न्यूनतम तलब १५ हजार पुग्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गरेका छन् ।

१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गरेका हुन् ।

शुभकामनामा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आउँदो आर्थिक वर्षदेखि १५ हजार रुपैयाँ पुर्याइने बताए ।

प्रधानमन्त्री ओलीले मजदुरको दैनिक पारिश्रमिक पनि ५ सय १७ रुपैयाँबाट बढाएर ५ सय ७७ रुपैयाँ पुर्याइने प्रतिवद्धतासमेत व्यक्त गरे ।

सबै श्रमिकलाई सामाजिक सुरक्षाको विधिद्वारा पुनरपरिभाषित गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले श्रम लचकता र सामाजिक सुरक्षाबीच उचित सन्तुलन सुनिश्चित गरिएको बताएका छन्।

एक आर्थिक वर्षमा दुई लाखभन्दा बढीलाई न्यूनतम सय दिनको काम वा न्यूनतम ज्यालाको आधा ‘बेरोजगार भत्ता’ उपलब्ध गराएको ओलीको भनाई छ।

स्वदेशमा कार्यरत श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको, योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध गरिएको ओलीले उल्लेख गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।