निषेधाज्ञा उल्लंघनको आरोपमा तीन जना कारागार चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही । रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जनालाई कारागार चलान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई कैद सजाय गरेको थियो। तीमध्ये ५ जनाले जरिवाना बुझाएर छुटेका थिए भने बाँकी ३ जनाले जरिवाना बुझाउन नसकेका कारण कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

कारागार चलान भएकाहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

कोरोना संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गरेको छ।

सोही क्रममा निषेधाज्ञा उल्लंघन गर्ने ७ पुरुष र एक महिलालाई सम्झाइबुझाइ गर्दा प्रहरी अधिकृतलाई समेत काममा बाधा पुर्‍याएको भन्दै उनीहरुलाई कैद सजाय माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पठाइएको हो ।

उनीहरुलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । उनीहरूलाई एक महिना कैद वा जनही ९ हजार एक सय जरिवाना तोकिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।