नेपाल राष्ट्र बैंकले संचालनमा ल्यायो गुनासो गर्न सकिने पोर्टल, बैंकको गुनासो अव सिधै राष्ट्र बैंकमा गर्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहकको गुनासो अनलाईनमार्फत नै दर्ता गर्नसक्ने गरी नयाँ पोर्टल सञ्चालनमा ल्याएको छ । 

ग्राहकको वित्तीय हित संरक्षण गर्ने उद्देश्यले गुनासो सुनुवाइका लागि भन्दै राष्ट्र बैंकले नयाँ पोर्टल सञ्चालनमा ल्याएको हो ।

वित्तीय ग्राहकको हित सरंक्षण गर्न, गुनासो सुनुवाइ गर्न तथा वित्तीय सेवा प्रवाहलाई पारदर्शी बनाउन यस्तो पोर्टल शुरु गरेको बैककले जनाएको छ ।

झुठो वा गलत सूचना प्रवाह गरी निष्पक्ष, विश्वसनीय र पारदर्शी वित्तीय मध्यस्थता सेवा लिन(दिन असहयोग गरेमा वा प्रचलित कानुन, नियम, निर्देशनको परिधि भन्दा बाहिर गई ग्राहकको अहित हुने कार्य गरेको वा गराएको लागेमा राष्ट्र बैंकमा आनलाइनबाट गुनासो निवेदन पेश गर्न सकिने छ ।

वित्तीय क्षेत्रका ग्राहकका गुनासो सम्बोधनका लागि नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नरका संयोजकत्वमा बनेको समितिले निश्चित फोन नम्बर, इमेल वा पोर्टलको माध्यमबाट प्राप्त गुनासोलाई सम्बोधन गर्नेछ ।

यस्तो छ गुनासो दर्ता गर्ने प्रक्रिया

सबैभन्दा पहिले वित्तीय संस्थासँग सम्बन्धित गुनासो दर्ता गर्न यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ आफ्नो विवरण भर्नुहोस्, कुन वित्तिय सेवा प्रदायक हो छान्नुहोस र गुनासोको विवरण राखेर सबमिट गर्नुहोस् ।

यति गरेपछि गुनासो दर्ता भएको जानकारी र दर्ता नम्बर इमेलमा प्राप्त हुनेछ । इमेलबाट सो जानकारी पाइसकेपछि यहाँ क्लिक गरी आफ्नो दर्ता नम्बर राखेर गुनासोको स्थिति थाहा पाउन सकिने छ । दर्ता भएको उक्त गुनासोको अन्तिम जानकारी इमेबाट गराइने छ ।

गुनासो दर्ता गर्ने प्रक्रियाः

१. गुनासो दर्ता गर्ने ।

२. गुनासो दर्ता भएको जानकारी र दर्ता नं. इमेल मार्फत प्राप्त हुनेछ ।

३. गुनासो दर्ता नं. द्वारा पेश गरिएको गुनासोको स्थिती थाहा पाउन सक्नेछ ।

४. यहाँ दर्ता भएको गुनासोको अन्तिम निर्णय इमेल मार्फत जानकारी गराइने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।