काठमाडौं । काठमाडौं सहित देशका विभिन्न स्थानमा बिहीबार (आज) बिहानैदेखि वर्षा भइरहेको छ।
बुधबार काठमाडौंमा दिनभर बादल लागेकामा बिहीबार बिहान वर्षा भएसँगै आकाश केही खुलेको छ । तर, देशका केही स्थानमा तुवाँलो कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय र पश्चिमी वायुको प्रभाव छ । जसले गर्दा बिहीबार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।
राति पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको आँकलन गरिएको छ ।
यस्तो छ आगामी तीन दिनको पूर्वानुमान
वैशाख ९ गते (बिहीबार)
दिउँसो: देशभर आँशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ ।
राति : देशभर पहाडी भू-भागहरुमा आँशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
वैशाख १० गते (शुक्रबार)
दिउँसोः देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आशिक देखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भूभागहरुमा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आँशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
वैशाख ११ गते (शनिबार)
बिहान: देशभर आँशिकदेखि सामान्य बदली रही वाग्मती प्रदेश , सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
राति: देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।
Comment