पीसीआर रिपोर्ट नक्कली भएको आशंकामा विदेश उड्न लागेका १२२ जनालाई अध्यागमनद्वारा रोक !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार विदेश उड्न लागेका १२२ जनालाई अध्यागमनले रोक लगाएको छ।

कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमनले उनीहरुलाई विदेश जान रोक लगाएको विमानस्थल प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए।

एसएसपी बास्तोलाका अनुसार काठमाडौं सिनामंगलस्थित सुरिया हेल्थ केयरले जारी गरेको पीसीआर रिपोर्ट देखाएर विभिन्न देश जान लागेकाहरूलाई उडानमा रोक लगाइएको हो ।

उक्त हेल्थ केयरले नक्कली पीसीआर रिर्पोट जारी गरेको आरोपमा मंगलबार ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

महाशाखाले सुरिया हेल्थ केयरमा छापा मार्ने क्रममा ४ वटा नक्कली पीसीआर रिपोर्ट पनि  बरामद गरेको जनाएको  छ भने उनीहरुले वैदेशिक रोजगारीमा जानेलाई प्रति रिपोर्ट ९ हजारसम्म लिएर डेढ घण्टादेखि २ घण्टाबीचमा नक्कली रिपोर्ट तयार पर्ने गरेको पनि खुलेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।