कोरोना खोपको दोस्रो डोज लगाउन शुरु , यी हुन् तोकिएका अस्पताल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेकाका लागि दोस्रो डोज लगाउन शुरु गरेको छ । मंगलबारदेखि शुरु भएको यो खोप अभियान वैशाख ११ गतेसम्म जारी रहनेछ ।

खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने जनाइएको छ। अभियान वैशाख ११ सम्म जारी रहनेछ।

गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकमा र वित्तीय संस्थाका कर्मचारीलाई लगायतलाई दोस्रो मात्रा लगाइने छ ।

जसको लागि राजधानीका विभिन्न १९ अस्पतालमा खोप केन्द्र तोकिएको छ । खोप लगाउने समय बिहान १० बजेदेखि ४ बजेसम्मको लागि तय गरिएको छ ।

पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो ।

विभागले गत माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते, माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले यही वैशाख ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले वैशाख ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले वैशाख १० गते र माघ ३० र फागुन ७ तथा १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउनका लागि भनेको छ ।

खोप अभियान देशभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले प्रदेश १, लुम्बिनीका केही ठाउँमा खोपको दोस्रो मात्रा लगाइसकेका छन् । पहिलो चरणमा कोरोनाविरुद्धको कोभिशिल्ड खोप ४ लाख ३८ हजार ८ सय ७९ जनाले लगाएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।