सिआईबीद्वारा शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने सात जना नक्कली डाक्टर पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले सात जना चिकित्सकहरुलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले विराटनगर न्युरो हस्पिटलमा कार्यरत डाक्टर मोहम्मद सिद्धिकी, दीघार्यु अस्पतालका मोहम्मद शाहिद राजा, जनकपुर चिल्ड्रेन अस्पतालका सुभाषप्रसाद साह, मिसन अस्पताल रुकुम पश्चिममा कार्यरत दिपेन्द्र गौतमलाई पक्राउ गरेको बताईएको छ । यसैगरी विराटनगरबाट अखिलेस कुमार देव, काठमाडौंबाट पल्लवी सिंह, सानेपाबाट फराज हुसेन खाँ पक्राउ परेका छन् ।

सीआईबी स्रोतका अनुसार उनीहरुलाई एसएलसीको शैक्षिक प्रमाण पत्र किर्ते गरेको आरोपमा पक्राउ गरिएको हो ।

यसअघि पनि अप्रेसन क्वाक चलाएर एक सय भन्दा धेरै चिकित्सकलाई पक्राउ गरी सिआईबीले मुद्दा चलाएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।