काठमाडौं । फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन थ्रि’ सम्पन्न भएको छ ।
काठमाडौंको दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा भएको ‘फेशन ट्रेड सिजन थ्रि’ कार्यक्रममा कर्पोरेट मिडियाका अध्यक्ष उज्जवल जङ शाहको सभापतित्व र उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टको प्रमुख आतिथ्यता एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीको बिशिस्ठ आतिथ्यतामा सम्पन्न भएको हो ।
चर्चित मोडलहरुलाई र्याम्पमा हिँडाइएको फेशन शोमा परम्परागत, सिर्जनशीलदेखि दैनिक जीवनमा प्रयोग हुने पहिरनसम्म प्रस्तुत गरिएको थियो ।
फेसियल हाउसले वर्षौंदेखि सवै प्रकारका व्यक्तित्व, सवै क्षेत्र र सवै पेशाकर्मीहरुलाई सुन्दर बनाउँदै आएको छ । त्यसैले फेसियल हाउस सुहाउँदो हेयर डिजाइन, छालाको निरन्तर देखभाल र मेकअपबाट जोकोहीलाई सुन्दर र स्मार्ट बनाउन सकिन्छ भन्ने मान्यतालाई यस शोबाट पुष्टी गर्ने बताइएको छ ।
कार्यक्रममा प्रमुख अतिथी उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले पुँजी, उद्योग र मजदुर बीच सु सम्बन्ध कायम हुने गरि सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने र नेपालको उद्योग व्यापारको प्रबर्धनका निम्ती वस्तुनिस्ठ तबरले अघि बढदै जाने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, विशिस्ठ अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले देशको अर्थतन्त्रलाई कसरी सबल बनाउन सकिन्छ भनेर सरकार लागि पर्दै आएको उल्लेख गर्दै श्रमिकलाई उद्योगी लगानीकर्ता र उद्योगी लगानीकर्तालाई श्रमिक नभई नहुने भएकाले सरकारले दुवै पक्षको हितलाई ध्यानमा राखेर सहजीकरण गर्दै आएको बताए ।
कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले समृद्ध नेपाल, सुखी नेपाली बिषयमा केन्द्रित रहेर वक्ताका रुपमा बोल्दै तन मन र धन लगाएर सबैले आ आफ्नो क्षेत्रबाट लागि परे मात्रै समृद्ध नेपाल, सुखी नेपालीको मुल मर्म पहिल्याउन सकिने बताए ।
Comment