भिओआइपीमार्फत् अबैध कल बाइबास गर्ने भारतीय नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अवैध कल बाइपास (भीओआईपी)मा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमध्ये बंगलादेशी मुलुकका एक नेपाली  र एक भारतीय नागरिक रहेका छन्।

सीआईबी प्रमुख डिआइजी सहकुल थापाका अनुसार रौतहट जिल्ला रमौली बेरिया घर भएका ३३ बर्षीय स्यामुल खान भन्ने मोसलिम मियाँ अन्सारी र भारत पन्जाव घर भएका ३३ बर्षीय राना शाह रहेका छन्।

विशेष सूचनाका आधारमा उनी बस्ने कोठामा छापा मार्न पुगेको सिआईबीको टोलीले अवैध कल बाइपासमा प्रयोग हुने विभिन्न उपकरण समेत बरामद गरेको छ ।

उनीहरुलाई काठमाडौँको चन्द्रागिरि २ बसनडोलस्थित श्याम कृष्ण श्रेष्ठको घरबाट पक्राउ गरेको हो।

मियाँ र रानाले श्रेष्ठको घर भाडामा लिएर अबैध भिओआइपी गर्दै आएको खुलेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।