थप ७६८ जनामा कोरोना पुष्टी, २२६ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेपालमा थप ७६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ३३३ जनाको पीसीआर परीक्षणमा ७६८ जनामा संक्रमण पुष्टी भएको हो।

यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८३ हजार ६५८ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २२६  जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७५ हजार ३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

संक्रिय संक्रमितको संख्या ५ हजार ५४५ जना रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०७५ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।