कोहलपुरमा बस र टिप्पर ठोकिँदा पाँच जनाको मृत्यु, ३७ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । बाँकेको कोहलपुरमा यात्रुबस र टिप्पर ठोकिँदा ५ जनाको मृत्यु भएको छ। अन्य ३७ जना घाइते भएका छन्।

सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र नन टेस्ट टिपर ठोकिदा दुर्घटना भएको हो ।

घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।